भरुवा बन्दुकसहित एक जना पक्राउ

दीपक सिँजालीको घरबाट एक र गगन बोहराको कोठाबाट अर्को बन्दुक फेला परेको प्रहरीले जनाएको छ।

भाद्र ४, २०८२

तर्कराज भट्ट

One person was arrested with a loaded gun

डडेल्धुरा — डडेल्धुराको आलिताल गाउँपालिका–४ रज्यौडामा भरुवा बन्दुकसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टोलीले मंगलबार साँझ गरेको खानतलासीमा स्थानीय दीपक सिँजालीको घरबाट एक थान भरुवा बन्दुक बरामद गरेको हो । 

त्यस्तै, अर्का स्थानीय गगन बोहराको कोठाबाट समेत अर्को एक थान भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।

बरामद दुईमध्ये एक बन्दुकसहित सिँजालीलाई नियन्त्रणमा लिइएको छ भने बोहरा भने फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बोहराको खोजी कार्य जारी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तर्कराज भट्ट

Link copied successfully