सुनचाँदी पसलभित्र लागुऔषध सेवन गरिरहेका दुई युवक पक्राउ

नवदुर्गा गाउँपालिकाका दुई युवकलाई सुनचाँदी पसलभित्र लागुऔषध सेवन गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ। थप अनुसन्धान जारी छ।

भाद्र ३, २०८२

तर्कराज भट्ट

Two young men who were taking drugs inside the gold and silver shop were arrested

डडेल्धुरा — डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारस्थित एक सुनचाँदी पसलबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार सोमबार साँझ करिब ८ बजे गोप्य सूचनाको आधारमा गरिएको चेकजाँचका क्रममा भैरव नवदुर्गा सुनचाँदी पसलभित्र लागुऔषध सेवन भइरहेको अवस्थामा दुई युवकलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा नवदुर्गा गाउँपालिका–१ बस्ने २४ वर्षीय सागर सिँजापति र सोही स्थानका २१ वर्षीय डार्बिन रावल रहेका छन्। 

उनीहरूको साथबाट करिब ९० मिलीग्राम खैरो हेरोइनजस्तो देखिने लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

तर्कराज

Link copied successfully