दार्चुलामा पहिरोले दुई घरमा क्षति

आइतबार राति ११ बजे आएको पहिरोले गोतपानीमा घरमा चिरा पर्‍यो, परिवारलाई सुरक्षित स्थानमा सारियो।

भाद्र २, २०८२

मनोज बडू

Landslides damage two houses in Darchula

दार्चुला — गए राति वर्षासँगै आएको पहिरोले व्यास गाउँपालिका-२ राप्लास्थित गोतपानी टोलका दुई घरमा क्षति गरेको छ । घरमुनिबाट पहिरो आएपछि स्थानीयका दुई घरमा क्षति भएको व्यास गाउँपालिकाका उपाध्यक्ष विनोद कुँवरले बताए । 

उपाध्यक्ष कुवरका अनुसार गोतपानी टोलका कालुराम कामी र मानमती कामीको घरमा पहिरोले क्षति गरेको छ ।

उनले आइतबार राति ११ बजेतिर घर मुनिबाट पहिरो आएपछि आँगन बगाउँदा घरमा समेत चिरा परेका छन् । जुनसुकै बेला पहिरोमा घर जाने सम्भावना रहेकाले दुई परिवारलाई सुरक्षित स्थानमा सारिएको उनले बताए । 

मनोज बडू बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully