दार्चुला-गोकुेलेश्वर सडक : पहिरोले तेर्छालेक रनेबास खण्ड अवरुद्ध

निरन्तर ढुंंगा र लेदो बगेका कारण अवरुद्ध सडक खुलाउन उपकरण परिचालनमा समस्या भएको छ ।

भाद्र २, २०८२

रासस

Darchula-Gokuleswar road: Landslide blocked Terchalek Ranebash section

खलंगा — पहिराले दार्चुला–गोकुेलेश्वर सडकअन्तर्गत तेर्छालेक रनेबास  क्षेत्र अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुख्य सडकमार्ग आज बिहानदेखि  शैल्यशिखर नगरपालिका–६ र मालिकार्जुन गाउँपालिका–३ को सिमानामा पर्ने तेर्छ्यालेक  रनेबासमा सडक अवरुद्ध भएपछि लामो तथा छोटो दुरीका सवारी साधन आवतजावतमा समस्या भएको छ ।

निरन्तर ढुंंगा र लेदो बगेका कारण अवरुद्ध सडक खुलाउन उपकरण परिचालनमा समस्या भएको छ ।  गोकुलेश्वरबाट उपकरण  पठाइएको तर निरन्तर ढुंगा र लेदो बगेको कारण खुलाउन समस्या भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । जिल्ला सदरमुकाम खलंगाबाट बाहिरिने र भित्रिने सवारीसाधन उक्त क्षेत्रमा जाममा परेका छन् ।

रासस

Link copied successfully