कृष्ण जन्माष्टमीको अवसरमा मेलाको तयारीका लागि स्थानीय किशोरहरुले सार्वजनिक स्थलमा राष्ट्रिय झन्डा लगायतका सामग्री सजावट गरिरहेका बेला उनीहरुलाई करेन्ट लागेको हो ।
अछाम — जयगढ गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार करेन्ट लागेर चार जना घाइते भएका छन् ।
कृष्णजन्माष्टमीको अवसरमा लाग्ने मेलाको तयारी गर्न स्थानीय किशोरहरू सार्वजनिक स्थलमा राष्ट्रिय झन्डा लगायतका सजावट गरिरहेका बेला शनिबार दुर्घटना भएको हो ।
गाउँपालिकाको जयगढ रोडबजारदेखि बरदादेवी मन्दिर जाने गेटमा नेपालको राष्ट्रिय झन्डा टाँग्ने क्रममा बिजुलीको पोलमा छोइएपछि करेन्ट लाग्दा १७ वर्षीय रोहित साउँदको मृत्यु भएको हो । मृतक झरना होटलका सञ्चालक गजेन्द्र साउँदका एक्ला छोरा हुन् ।
उक्त दुर्घटनामा समीर शाह, विनोद रावत, बम शाह र लव्सन सुनार घाइते भएका छन् ।
