बाढीले बगायो टिङ्कर गाउँ जोड्ने काठेपुल

टिङ्कर खोलापुल, नाम्पापुल र चम्लिङ खोलाको पुल बाढीले बगाएको व्यास गाउँपालिका–१ का वीरेन्द्रसिंह तिङ्करीले जानकारी दिए।

श्रावण २९, २०८२

रासस

Kathe bridge connecting Tinker village washed away by flood

दार्चुला — टिङ्कर खोलाको बाढीले  छाङ्गरुदेखि टिङ्करसम्मका तीन स्थानका पुल बगाएको छ । पुल बगेपछि  टिङ्कर गाउँसँगको सडक सम्पर्क विच्छेद   भएको छ । 

टिङ्कर खोलापुल, नाम्पापुल र चम्लिङ खोलाको पुल बाढीले बगाएको व्यास गाउँपालिका–१ का वीरेन्द्रसिंह तिङ्करीले जानकारी दिए। टिङ्करमा रहेका नेपाल टेलिकमको टावरले पनि काम नगरेको उनले बताए।

बाढीबाट गाउँमा कुनै क्षति नभएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक  प्रकाश दाहालले बताए। उनले भने, 'टिङ्कर सीमा प्रहरीचौकीसँग सञ्चारसेटमार्फत सम्पर्क भएको छ । क्षति भएको स्थानको वस्तुस्थिति बुझ्न टिङ्करबाट प्रहरी परिचालन भएका छन् ।'

छाङ्गरुदेखि टिङ्करसम्मको झण्डै ३०० देखि ४०० मिटर बाटो पनि बगेको छ ।

रासस

Link copied successfully