आइतबार दिउँसो महाकाली नदीमा नुहाउने क्रममा दुई जना बालिका बेपत्ता भएका थिए ।
कञ्चनपुर — महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई बालिका अझै भेटिएका छैनन् । तीन दिनदेखि खोजी भइरहे पनि भेटाउन नसकिएको प्रहरीले जनाएको छ ।
‘सेना, प्रहरी र स्थानीय सबै खोजीमा लागेका छन्,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सागर बोहराले भने, ‘अहिलेसम्म भेटाउन सकिएको छनै ।’
आइतबार दिउँसो महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका थिए । बेपत्ता हुनेमा भीमदत्त नगरपालिका ११ का ७ वर्षीय सानबी पन्त र जीविका पन्त रहेका छन् ।
