बसको ठक्करबाट कैलालीमा एकको मृत्यु, एक जना घाइते

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ भने मृतकको शव पोस्टमार्टमका लागि टिकापुर अस्पतालमा राखिएको छ ।

श्रावण २७, २०८२

रञ्जना बिसी

One dead, one injured in Kailali due to bus collision

कैलाली — कैलालीको टीकापुरमा मंगलबार बिहान बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार बिहान करिब ९ बजे बसपार्कबाट लम्कीतर्फ गइरहेको सुप प्र ०१९००१९ ख ३५८३ नम्बरको बसले साइकल र मोटरसाइकल यात्रीलाई ठक्कर दिएको थियो।

दुर्घटनामा टिकापुर नगरपालिका–६ मिलनपुरका ४५ वर्षीय अटवारी चौधरीको मृत्यु भएको छ । घाइते भएका सुप प्र ०१९१२९प १८६९ नम्बरको मोटरसाइकल चालक २५ वर्षीय राजु चौधरीलाई कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । अहिले उनी खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ भने मृतकको शव पोस्टमार्टमका लागि टिकापुर अस्पतालमा राखिएको छ ।

रञ्जना

Link copied successfully