दोधारा चाँदनीमा पुरुषको शव फेला

जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ३५ वर्षका पुरुषको शव भेटिएको हो ।

श्रावण २७, २०८२

भवानी भट्ट

Body of man found in Dodhara Chandni

कञ्चनपुर — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ मा महाकाली नदी किनारमा एक जना पुरुषको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ३५ वर्षका पुरुषको शव भेटिएको हो । 

शव सडेको भएकाले पहिचान गर्न सकिने अवस्थामा समेत नरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सागर बोहराले बताए । उनका अनुसार शवको पोस्टमार्टम गरेर अन्तिम संस्कार गरिएको छ । 

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully