चितुवाको छालासहित बैतडीका एकजना पक्राउ

मंगलबार दिउँसो पौनै २ बजे ऐरलाई चितुवाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक छत्रबहादुर रावतले बताए ।

श्रावण २७, २०८२

मोहन चन्द

A person from Baitadi was arrested with a leopard skin

बैतडी — चितुवाको छालासहित बैतडीका एक जना दार्चुलाबाट पक्राउ परेका छन् । जिल्लाको पुर्चौंडी नगरपालिका–७ का ५० वर्षीय भानसिंह ऐरलाई चितुवाको छालासहित शैल्यशिखर नगरपालिका–३ कर्कलेबाट प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा मंगलबार दिउँसो पौनै २ बजे ऐरलाई चितुवाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक छत्रबहादुर रावतले बताए । अहिले बाटोमै भएकाले घटनाको विषयमा धेरै जानकारी नआएको उनले बताए ।

जिल्ला पुगेपछि थप अनुसन्धान गरिने दार्चुला प्रहरीले जनाएको छ ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully