शनिबार घरबाट निस्केका धामी खोलामा मृत भेटिए

२२ वर्षीय प्रकाश धामी सोमबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराले बताएका छन् ।

श्रावण २६, २०८२

भवानी भट्ट

Dhami, who had left home on Saturday, was found dead in the river

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेला खोलामा एक युवक मृत अवस्थामा भेटिएका छन् ।

स्थानीय २२ वर्षीय प्रकाश धामी सोमबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराले बताए । 

डीएसपी बोहराका अनुसार धामी शनिबार घरबाट निस्केका थिए । आइतबार प्रहरीमा हराइरहेको भनेर खबर प्राप्त भएको थियो ।

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully