सम्पर्कविहीन तीर्थयात्री भेडीगोठमा भेटिए

बडीमालिका नगरपालिका–९ उखाडी घर भएका ५५ वर्षीय खिमराज उपाध्याय पाटनको भेडीगोठमा भेटिएका छन् । 

श्रावण २४, २०८२

रासस

Uncontacted Pilgrims found in Vedigoth

बाजुरा — बूढीनन्दाको दर्शन गरेर घर फर्किने क्रममा सम्पर्कविहीन भएका दर्शनार्थी बडीमालिका नगरपालिका–९ उखाडी घर भएका ५५ वर्षीय खिमराज उपाध्याय पाटनको भेडीगोठमा भेटिएका छन् । 

मन्दिरमा दर्शन गरी फर्कने क्रममा हराएका उनलाई इलाका प्रहरी कार्यालय कोल्टीबाट खटिएको टोलीले लेकका गोठमा हिँड्दै गरेको अवस्थामा भेटेर ल्याएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

शुक्रबार ५ः३० बजे बूढीनन्दाबाट फर्किएर चुडेपानी बर डाँडामा आएको र त्यहाँबाट फेरि बूढीनन्दातर्फ फर्किएकाले उनको खोजी लागि प्रहरी परिचालन गरिएको थियो । 

रासस

Link copied successfully