बडीमालिका दर्शन गरेर फर्किने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु

भीरबाट लडेर घाइते भएका उनको साँझ मृत्यु भएको प्रहरीले बताएको छ ।

श्रावण २३, २०८२

रासस

One person died after falling from Bhir while returning from visiting Badimalika

बाजुरा — बडीमालिकाको दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा त्रिवेणी नगरपालिका–९ पर्ने विष्णुपानी नजिकै शुक्रबार दिउँसो भीरबाट लडेर एक तीर्थयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–४ का ७५ वर्षीय डिल्लीराज घोडासैनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले राससलाई जानकारी दिए । उनका अनुसार भीरबाट लडेर घाइते भएका उनको साँझ मृत्यु भएको हो ।

सोही ठाउँमा बिहीबार राति पनि काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ का ५२ वर्षीय विप्लव ओझाको सात सय मिटर तर खोँचमा खसेर मृत्यु भएको थियो । ओझाको शव निकाल्न जिल्लाबाट तालिमप्राप्त सुरक्षाकर्मीको टोली घटनास्थलमा पठाइएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए । 

रासस

Link copied successfully