खोलामा नुहाउने क्रममा डुबेर बालिकाको मृत्यु

शुक्रबार जिल्लाको बोगटान फुड्सिल गाउँपालिका-४ मा रहेको टुँडागाड खोलामा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको हो ।

श्रावण २३, २०८२

मोहन पनेरु

Girl drowned while bathing in river

डोटी — डोटीमा खोलामा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

शुक्रबार जिल्लाको बोगटान फुड्सिल गाउँपालिका-४ मा रहेको टुँडागाड खोलामा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको हो ।

सातफरी स्वास्थ्य चौकीमा कार्यरत हर्क विष्टकी १२ वर्षीय छोरी रन्जिता विष्टको मृत्यु भएको स्थानीय तारा साउदले जानकारी दिए । मृतक विष्ट कक्षा ३ मा अध्यनरत थिइन् ।

मोहन

Link copied successfully