गड्डाचौकी प्रहरीले ११ बजेपछि शारदा ब्यारेजको पुल चारपाङ्ग्रे सवारीसाधनका लागि खुला गरेको जानकारी दिएको छ।
कञ्चनपुर — महाकाली नदीमा पानीको बहाव घटेपछि शारदा ब्यारेजको पुल चारपाङ्ग्रे सवारीसाधनका लागि खुला गरिएको छ । मंगलबारदेखि नदीमा पानीको बहाव बढेपछि चारपाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको हो ।
बिहीबार ११ बजेपछि शारदा ब्यारेजको पुल चारपाङ्ग्रे सवारीसाधनका लागि खुला गरिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । ११ बजेको मापनअनुसार महाकालीमा पानीको बहाव ८६ हजार ८७४ क्युसेक रहेको छ ।
महाकालीमा पानीको बहाव १ लाख क्युसेक पुगेपछि पुलमा चारपाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइने गरिएको छ ।
