इलाका प्रहरी कार्यालयका अनुसार बुधबार बिहान मापन गर्दा महाकाली नदीमा पानीको बहाव १ लाख ६८ हजार ५३७ क्युसेक पुगेको छ।
कञ्चनपुर — महाकाली नदीमा पानीको बहाव बुधबार पनि उच्च रहेको छ। नदीमा पानीको बहाव बढ्दा शारदा ब्यारेजको पुलमा दोस्रो दिन पनि चार पाङ्ग्रे सवारीसाधनको आवागमन रोकिएको छ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार बुधबार बिहान ८ बजेको मापनअनुसार महाकालीमा पानीको बहाव १ लाख ६८ हजार ५३७ क्युसेक रहेको छ। मंगलबार बिहानदेखि नदीमा पानीको बहाव बढेको हो।
सय वर्ष पुरानो शारदा ब्यारेज जीर्ण भएकाले जोखिम हुने भन्दै नदीमा पानीको बहाव १ लाख क्युसेक पुग्ने बित्तिकै चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइने गरिएको छ।
