कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
कञ्चनपुर — कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका ४४ वर्षीय गजेन्द्र कुँवरको मृत्यु भएको हो ।
मंगलबार धनगढीबाट महेन्द्रनगरतर्फ आइरहेको सुप प्र. ०२००३ प ४८६० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको डिएसपी सागर बोहराले बताए। उनका अनुसार टाउकोमा गम्भीर चोट लागेर घाइते भएका कुँवरको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
