महाकालीमा पानीको बहाव घट्यो, सञ्चालनमा आए सवारी साधन

सोमबार दिनभर ठूला सवारी साधनका लागि बन्द रहेको पुल साँझदेखि खुलेको हो ।

श्रावण १९, २०८२

भवानी भट्ट

Water flow reduced in Mahakali, vehicles started operating

कञ्चनपुर — महाकाली नदीमा पानीको बहाव घटेपछि शारदा ब्यारेजको पुलमा चार पांग्रे सवारी सधान सञ्चालनमा आएका छन् ।

सोमबार दिनभर ठूला सवारी साधनका लागि बन्द रहेको पुल साँझदेखि खुलेको हो । 

प्रहरीका अनुसार सोमबार साँझ ७ बजेको मापन अनुसार महाकालीमा पानीको बहाव ८६ हजार ५४४ क्युसेक पुगेको छ । सय वर्ष पुरानो पुल जीर्ण भएका कारण नदीमा पानीको बहाव १ लाख क्युसेक पुगेपछि चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइने गरिन्छ । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully