कैलालीमा लागुऔषधसहित ३ जना पक्राउ

कैलाली प्रहरीले ३०० मिलिग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

श्रावण १८, २०८२

रञ्जना बिसी

3 people arrested with drugs in Kailali

कैलाली — कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानबाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । शनिबार दिउँसो धनगढी उपमहानगरपालिका–३ स्थित ब्यारेल नजिकबाट २१ वर्षीय आर्यमन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीको साथबाट ३०० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको छ। त्यस्तै, शनिबार राति धनगढी उपमहानगरपालिका–८ क्याम्पस नजिकबाट २८ वर्षीय राजेश चौधरी र भुवन चौधरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरूको साथबाट १०० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनामाथि लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

रञ्जना

Link copied successfully