डडेलधुरामा सुत्केरीको मृत्यु

स्थानीय साँदनी स्वास्थ्य चौकीमा शिशु जन्मिएपछि समस्याका कारण धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा आमाको निधन भएको हो ।

श्रावण १५, २०८२

तर्कराज भट्ट

Maternal death in Dadeldhura

डडेलधुरा — डडेलधुराकी एक सुत्केरीको ज्यान गएको छ । परशुराम नगरपालिका–७ साँदनीका सुरेश भट्टकी २७ वर्षीया श्रीमती भुवनी पाण्डेय भट्टको उपचारको क्रममा निधन भएको हो ।

बुधबार स्थानीय साँदनी स्वास्थ्य चौकीमा उनले शिशुलाई जन्म दिएकी थिइन् । सुत्केरी भट्टको सालनाल नआउने र अत्यधिक रक्तश्राव हुने समस्यापछि भुवनीलाई धनगढीका सेती प्रादेशिक अस्पताल लगिएको थियो ।

उनको उपचारको क्रममा बिहीबार सेती प्रादेशिक अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक धनी चन्दले बताए । प्रहरीका अनुसार शिशुको अवस्था सामान्य छ ।

तर्कराज

Link copied successfully