डडेलधुराको भागेश्वर गाउँपालिकामा बुधबार शोक बिदा

श्रावण १३, २०८२

तर्कराज भट्ट

Mourning holiday on Wednesday in Bhageswar rural municipality of Dadeldhura

डडेलधुरा — डडेलधुराको भागेश्वर गाउँपालिकामा प्राविधिक पदमा कार्यरत कर्मचारी कृष्णदत्त चटौतको निधन भएको छ । वास इकाइको खानेपानी तथा सरसफाइ टेक्निसियन पदमा कार्यरत चटौतको साउन १३ गते मंगलबार बिहान निधन भएको गाउँपालिकाले जनाएको छ ।

उनको निधनप्रति गाउँपालिकाले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी दत्त भट्टद्वारा जारी सूचनामा राष्ट्रसेवक कर्मचारीका रूपमा चटौतको योगदान सदैव स्मरणीय रहने जनाइएको छ । शोकमा साउन १४ गते बुधबार एक दिन गाउँपालिकाको कार्यालय, सबै वडा कार्यालय र मातहतका स्वास्थ्य संस्थाहरू बन्द रहने निर्णय गरिएको छ । अत्यावश्यक सेवा बाहेकका अन्य सेवा स्थगित हुने सूचनामा उल्लेख छ ।

तर्कराज

Link copied successfully