बैतडी — बैतडीमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको डिलासैनी गाउँपालिका–३ बगडीका ४६ वर्षीय रघुवीर बोहरा मृत फेला परेका हुन् ।
शव शनिबार साँझ ६ बजे घर नजिकै सडक छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
शव गोकुलेश्वर अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । मृतकको छोरा बाहिर भएकाले छोरा आएपछि मात्र लासको पोस्टमार्टम गरिने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
