खैरो हेरोइनसहित ३ जना पक्राउ

श्रावण ८, २०८२

भवानी भट्ट

3 arrested with brown heroin

कञ्चनपुर — पुनर्वास नगरपालिका-११ डोकेबजारबाट बिहीबार खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरुबाट १ दशमलव ३९० ग्राम खैरो हेरोइन बरामद भएको हो । 

डीएसपी सागर बोहराका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका-१४ का हेमराज भट्ट र सोही नगरपालिका ३ का किरन साउद तथा पुनर्वास-११ भीमवस्तीका निशान्त ढकाललाई पक्राउ गरिएको हो । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully