कैलालीमा रुखले च्यापिएर १ जनाको मृत्यु 

श्रावण ७, २०८२

रञ्जना बिसी

1 person died after being hit by a tree in Kailali

कैलाली — कैलालीमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका-१० उदासीपुर वेताल टोलकी ७० वर्षीया अनारकली चौधरीको रुखले च्यापिएर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार बुधबार बिहान अन्दाजी साढे ५ बजे चौधरी घरबाट करिब १०० मिटर टाढा रहेको शौचालयमा शौच गर्न गइरहेकी थिइन् । त्यही बेलामा रुख ढलेर उनलाई लागेको प्रहरीले जनाएको छ । 

रञ्जना

Link copied successfully