कैलालीमा एक पुरुष मृत फेला

असार ३२, २०८२

रञ्जना बिसी

A man was found dead in Kailali

कैलाली — कैलालीको घोडाघोडी नगरपालिका–२, साडेपानीस्थित पूर्व–पश्चिम राजमार्ग नजिक एक पुरुषको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार राजमार्गबाट करिब १० मिटर टाढा अन्दाजी ५५/६० वर्ष उमेरका पुरुषको शव भेटिएको हो। हालसम्म मृतकको नाम र थर खुलेको छैन।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

रञ्जना

Link copied successfully