अवैध हतियारसहित कैलालीमा तीन जना पक्राउ

असार ३१, २०८२

रञ्जना बिसी

Three people arrested in Kailali with illegal weapons

कैलाली — सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले कैलालीको भजनी नगरपालिका–९ आमबाडी स्थित एक घरमा छापा मारेको छ ।

प्रहरीका अनुसार स्थानLय दिलीप कार्कीको घरमा खानतलासी गर्दा विभिन्न प्रकारका पेस्तोल, गोलीगठ्ठा, बन्दुकका भागहरू र जंगली जनावरका अङ्गसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूमा ५० वर्षीय दिलीप कार्की, उनका २२ वर्षीय छोरा विकास कार्की र ३० वर्षीय सुरेश बिक रहेका छन्। तीनै जनालाई आवश्यक कानुनी प्रक्रिया पुर्‍याई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट एनएफ बेबी लेखिएको एक थान पेस्तोल, ११ राउन्ड गोली, एक थान म्यागजिन, नवीकरण नभएको ०,२२ बोर (हर्नेट) र २४ राउन्ड गोली, एक थान कटुवा पेस्तोल, भरुवा बन्दुकको एक थान काठ, छर्रा १ डिब्बा र भरुवा बन्दुकको घोडा १ थान बरामद गरेको छ ।

यस्तै जनावरका अंगहरूमा २ गुच्छा मयुरको प्वाँख  र तीन थान जरायोको सिङ बरामद भएको प्रहरीले जनाएको छ । यो विषयमा  प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

रञ्जना

Link copied successfully