कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

असार २९, २०८२

कान्तिपुर संवाददाता

One person died due to electric shock in Kailali

धनगढी — कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–९ शिखरझालाका दिलबहादुर चौधरीका १४ वर्षीय छोरा आर्यन चौधरीलाई करेन्ट लागेको थियो । 

घोडाघोडी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ  । करेन्ट लाग्नुको कारण खुलेको छैन । अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

कान्तिपुर

Link copied successfully