घाँस काट्दा भिरबाट लडेर महिलाको मृत्यु

असार २७, २०८२

मनोज बडू

A woman died after falling from a tree while cutting grass

दार्चुला — घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। शुक्रबार बिहान साढे ११ बजेतिर महाकाली नगरपालिका–५ ठड्याकाठा भिरबाट लडेर ३५ वर्षीया मानमती बडूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रहरीका अनुसार उनी घर नजिकैको मेलामा घाँस काट्ने क्रममा चिप्लिएर करिब डेढ सय मिटर तल खसेकी थिइन्। हाल नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा खटिई शवलाई जिल्ला अस्पतालमा पुर्‍याएको जनाएको छ।

मनोज बडू बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully