कैलालीमा छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु, एक बेपत्ता

असार २६, २०८२

रञ्जना बिसी

Two women dead, one missing in separate incidents in Kailali

कैलाली — कैलालीमा छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु भएको छ । भने एकजना पुरुष बेपत्ता भएका छन् । 

जिल्लाको लम्कीचुहा नगरपालिका-६ स्याउले स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको म १ ह ८५८ नम्बरको अटोले बुधबार साँझ ८ बजे सोही दिशातर्फ जाँदै गरेकी पैदल यात्रीलाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा स्थानीय ५५ वर्षीया लक्ष्मी ढुंगाना र २२ वर्षकी मिना ढुङगाना घाइते भएका थिए ।

दुवै जनालाई उपचारका लागि भल्का मेडिकल कलेज कोहलपुर, बाँके लगिएको थियो । उपचारको क्रममा राति १०:२० बजे लक्ष्मी ढुङगानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

मिना ढुङ्गानाको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो चालक २३ वर्षीय हेमन्त जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस्तै कैलालीको कान्द्रा नदीमा पनि महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार दाउरा संकलन गर्न कान्द्रा नदीमा गएका बेला बाढीले बगाएकी घोडाघोडी नगरपालिका–४ माघीकी ७० वर्षीया चुनबुदिया चौधरीको शव भेटिएको हो ।

यस्तै गौरीगंगा नगरपालिका–२ को पूरानो चौमाला बजार नजिकैबाट नदी तर्ने क्रममा अन्दाजी ५० वर्षीय पुरुष भने बेपत्ता भएका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

रञ्जना

Link copied successfully