काठमाडौँ — कृष्णपुर नगरपालिका–२ वाणीमा विषालु च्याउ खाँदा एकै परिवारका दुई जना बिरामी भएका छन् ।
उनीहरुको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सागर बोहराका अनुसार १८ वर्षीया संगीता चौधरी र उनकी आमा देवादेवी चौधरी बिरामी भएका हुन् । संगीताले जंगलबाट ल्याएको च्याउ खाएपछि उनीहरु बिरामी भएका थिए ।
देवाको अवस्था सामान्य छ भने संगीताको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
