कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

असार २५, २०८२

रञ्जना बिसी

One dead, three injured in a motorcycle accident in Kailali

कैलाली — कैलालीको घोडाघोडी नगरपालिकामा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत डोकेबजार नजिक मंगलबार राति से ७ प ७०८९ र सुदूरपश्चिम प्रदेश ०१००१० प ८४०५ नम्बरका दुई मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा घोडाघोडी नगरपालिका–१२ का २३ वर्षीय नोयल कठरिया सख्त घाइते भएका थिए । उनलाई उपचारका लागि घोडाघोडी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

दुर्घटनामा ८४०५ नम्बरको मोटरसाइकलमा सवार दिपु कठरिया, तथा अर्को मोटरसाइकलका चालक लम्कीचुहा नगरपालिका–४ का २५ वर्षीय उदय भाट र पछाडि सवार गौरव भाट घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

रञ्जना बिसी

Link copied successfully