धनगढीमा १३ वर्षीया किशोरी तेक्वान्दो प्रशिक्षकबाट बलात्कृत

असार २५, २०८२

रञ्जना बिसी

A 13-year-old girl was raped by a taekwondo instructor in Dhangadhi

कैलाली — कैलालीको धनगढीकी १३ वर्षीया किशोरी बलात्कृत भएको घटना सार्वजनिक भएको छ । उनी अध्ययनरत विद्यालयका तोकेन्दो प्रशिक्षक धनगढी–४ का पृथ्वीराज घिमिरेले जबर्जस्ती करणी गरेको खुलेको छ ।

घिमिरेले बालिकालाई ललाइफकाई पटक–पटक बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती कञ्चनपुरमा असार २० गते किटानी जाहेरी दर्ता गरेको छ ।

बालिकालाई घुम्न जाऊँ भन्दै धनगढीबाट कञ्चनपुर लगेर पुनर्वास नगरपालिकाको आईबीआरडीमा रहेको तेक्वान्दो दोजाङको कार्यालयमा बलात्कार गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका प्रवक्ता तथा डीएसपी सागर बोहराले जानकारी दिए।

उनका अनुसार आरोपित घिमिरे फरार रहेका छन् । अहिले उनको खोजी कार्य भइरहेको छ । बालिकालाई भने सेफ हाउसमा राखिएको छ । 

रञ्जना

Link copied successfully