कञ्चनपुरमा जिपको ठक्करबाट एक जनाको मृत्यु

असार १८, २०८२

भवानी भट्ट

One person died in a jeep collision in Kanchanpur

कञ्चनपुर — पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरका बेदकोट नगरपालिका-३ दैजीमा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भीमदत्त नगरपालिका-१५ गोबरियाका ४० वर्षीय दिपक चन्दको मृत्यु भएको हो । 

दैजीबाट महेन्द्रनगरतर्फ आइरहेको विद्युतीय स्कुटर र महेन्द्रनगरबाट पूर्वतर्फ गईरहेको सु.प.प्र. ०४–००१ च ००१३ नम्बरको जिपले मंगलबार साँझ ठक्कर दिँदा स्कुटर चालक चन्दको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराका अनुसार चन्दको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully