कैलाली — कैलालीको कैलारी गाउँपालिका–८ भगाहामा सोमबार बिहान एकजना मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोहि गाउँका ७३ वर्षीय बाधुराम ठगौरा थारु आफ्नै खेतमा मृत अवस्थामा फेला परेका हुन् ।
वृद्धको मृत्युको कारण हालसम्म खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
