अविरल वर्षाका कारण धनगढी जलमग्न

असार १६, २०८२

अर्जुन शाह

Dhangadhi submerged due to incessant rains

धनगढी — अविरल वर्षाका कारण धनगढीका अधिकांश ठाउँ जलमग्न भएका छन्। धनगढीको मुख्य सडक क्षेत्रलगायत, रातो पुल, हसनपुर, विशालनगर लगायतका क्षेत्र डुबानमा परेका छन्।

मुख्य बजार क्षेत्र अन्तर्गत रातो पुलमा भएको डुबानका कारण पसलमा पानी पस्न थालेपछि व्यापारीहरू सकसमा छन् ।


विद्यार्थीहरूलाई आवतजावतमा कठिनाइ हुने भएपछि धनगढीका चैतन्य पाठशालालगायत विद्यालयहरूले बिदा गरेका छन् । आइतबार रातिदेखि भारी वर्षा भइरहेकोले स्थानीय खोलानालामा पनि पानीको सतह अत्यधिक बढेको छ ।


मानवीय क्षेत्रको कुनै जानकारी भने नआएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

Dhangadhi submerged due to incessant rains

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully