डडेलधुराका तीन किसानलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’

असार १५, २०८२

तर्कराज भट्ट

”Bhimdatta Best Farmer Award” to three farmers of Dadeldhura

डडेलधुरा — डडेलधुराका तीन किसानलाई कृषि तथा पशुपालन क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरूप ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको छ । आइतबार राष्ट्रिय धान दिवसका अवसरमा उनीहरूलाई नगदसहित सम्मान गरिएको हो ।

कृषि ज्ञान केन्द्र डडेलधुराले आयोजना गरेको कार्यक्रममा गन्यापधुरा गाउँपालिका-२ का रविन्द्र माली, अजयमेरू गाउँपालिका-१ की चन्द्रकुमारी ओझा र परशुराम नगरपालिका-११ का मिलन घिमिरेलाई जनही २५ हजार रुपैयाँसहित सम्मान प्रदान गरिएको हो ।

कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले पुरस्कृत कृषकले स्थानीय स्तरमा उदाहरणीय काम गरेको बताए । कृषि र पशुपालन दुवै क्षेत्रमा नवप्रवर्तनशील अभ्यास गरेर अरूका लागि प्रेरणाको स्रोत बनेको उनको भनाइ थियो ।

तर्कराज

Link copied successfully