कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

असार १४, २०८२

रञ्जना बिसी

The driver died in a motorcycle accident in Kailali

कैलाली — कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–१२ जुगेडा कम्पनी टोलमा गएराति दुर्घटना हुँदा सुदूरपश्चिम प्रदेश ०१००९ प ७७८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नालामा खसेपछि जुगेडाका रवीन्द्र सिंह गम्भीर घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घाइते सिंहलाई राति नै उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु  भएको हो ।

रञ्जना बिसी

Link copied successfully