धनगढी — सुदूरपश्चिमलाई बिहीबार एक कार्यक्रमका बीच साक्षर प्रदेश घोषणा गरिएको छ । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएको तथ्यांकका आधारमा साक्षर प्रदेश घोषणा गरिएको सामाजिक विकास मन्त्री मेघराज खड्काले बताए ।
मुख्यमन्त्री कमलबहादुर शाहले साक्षर प्रदेशको घोषणा गरेका हुन् । २६ लाख ९४ हजार ७८३ जनसंख्या, ८८ वटा स्थानीय तह र नौ वटा जिल्ला रहेको सुदूरपश्चिम साक्षर घोषणा हुने चौथो प्रदेश भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
