डोटीका नौ स्थानीय तहले ल्याए साढे ४ अर्बको बजेट

असार ११, २०८२

मोहन पनेरु

Nine local levels of Doti brought a budget of 4.5 billion

डोटी — डोटीका नौ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४ अर्ब ५१ करोड ७० लाख १२ हजार ४८३ रुपैयाँको बजेट प्रस्ताव गरेका छन्।

जिल्लाका २ नगरपालिका र ७ गाउँपालिकासहित ९ पालिकाले उक्त बजेट सभामा प्रस्ताव गरेका हुन्।

दिपायल सिलगढी नगरपालिकाले १७औँ नगरसभामा ८८ करोड ५९ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ। त्यसैगरी, शिखर नगरपालिकाले ७१ करोड ७ लाख ४३ हजार ३४४ रुपैयाँ, केआई सिंह गाउँपालिकाले ४६ करोड ५६ लाख ७४ हजार ५१६ रुपैयाँ, बोगटान फुड्सिल गाउँपालिकाले ४५ करोड ६६ लाख २० हजार रुपैयाँ बजेट प्रस्ताव गरेका छन्।

त्यस्तै, आदर्श गाउँपालिकाले ५२ करोड ६७ लाख ४० हजार रुपैयाँ, बड्डीकेदार गाउँपालिकाले ३४ करोड २१ लाख ५० हजार रुपैयाँ, सायल गाउँपालिकाले ३८ करोड ४४ लाख ८ हजार ८७६ रुपैयाँ र जोरायल गाउँपालिकाले ५६ करोड ७० लाख ६० हजार रुपैयाँको बजेट मंगलबार सभामा पेस गरेका हुन्।

पालिकाहरूले प्रस्तावित नीति तथा कार्यक्रममा पूर्वाधार विकास, उत्पादन, कृषि, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट पेस गरेको जनप्रतिनिधिहरूले बताएका छन्।

मोहन पनेरु

Link copied successfully