कैलालीमा एक युवती मृत फेला

असार ९, २०८२

रञ्जना बिसी

A girl was found dead in Kailali

कैलाली — कैलालीमा एक युवती मृत फेला परेकी छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीमा एक घरको कोठाभित्र उनी मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृतक कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीकी ३० वर्षीया रेणु चौधरी हुन् । उनी केही समयदेखि धनगढीमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् ।

घटनाबारे जानकारी प्राप्त भएपछि घटनास्थल पुगेको प्रहरी टोलीले कोठाको ढोका बाहिरबाट ताल्चा लगाइएको अवस्थामा शव भित्र फेला पारेको थियो । मृत्युको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रञ्जना बिसी

Link copied successfully