कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

असार ५, २०८२

रञ्जना बिसी

5 people arrested with drugs in Kailali

कैलाली — कैलालीमा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । टीकापुर नगरपालिका-१ स्थित शेरचन होटलबाट ४ जना पक्राउ परेका हुन् ।

लम्की चुहा नगरपालिका–६, गुलरा बस्ने २४ वर्षीय सुरेश रावल, २० वर्षीय प्रमोद धामी, २३ वर्षीय तुषार कटुवाल र जानकी गाउँपालिका–९ का २५ वर्षीय अनिष रावल होटलको कोठामा लागूऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ परेका हुन् । प्रहरीले उनीहरूको साथबाट करिब ३.६५ ग्राम खैरो हेरोइन बरामद गरेको छ।

यस्तै टिकापुरकै खक्रौला चेकपोस्टमा शंका लागि चेक गरिएकोमा लम्की चुहा नगरपालिका–१, सिविरमा बस्ने २५ वर्षीय हरीराम चौधरीको पक्राउ परेका छन् । उनका साथबाट ६.७३ ग्राम लागूऔषध खैरो हेरोइन  फेला परेको प्रहरीले जनाएको छ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय टीकापुर तथा लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ । 

रञ्जना

Link copied successfully