ढुङ्गाले लागेर प्रहरी जवानको मृत्यु

असार ३, २०८२

मनोज बडू

A police constable died after being hit by a stone

दार्चुला — ढुङ्गाले लागेर गम्भीर घाइते प्रहरी जवान दिपेन्द्र पालको उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार बिहान महाकाली नगरपालिका-६ निसिलका स्थानीय पाल घरनजिकै माथिबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएका थिए । 

लगत्तै स्थानीय बासिन्दाले उद्धार गरी जिल्ला अस्पताल पुर्‍याए पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

पाल केही दिनअगाडि मात्रै बिदामा घर आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए  । प्रहरी जवान पाल काठमाडौंमा दरबन्दी भई बैतडीमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully