डोटी — डोटीको सेती नदीमा एक पुरुषको शव फेला परेको छ ।
जिल्लाको के.आई.सिंह गाउँपालिका–३ गोदडा घडिङ्गेस्थित सेती नदी किनारमा बेवारिसे पुरुषको शव फेला परेको हो । अन्दाजी ४५ वर्षीय पुरुषको शव आइतबार फेला परेको प्रहरीले बताएको छ ।
सेती नदीले पुरुषको शव बगाएर ल्याएको प्रहरीले बताएको छ । उनको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । उनको खैरो रंगको कट्टु लगाएको प्रहरीले बताएको छ ।
