डडेल्धुरा — बैंकिङ कसुरमा अदालतले दोषी ठहर गरेका हरिसिंह पाली डडेल्धुराबाट पक्राउ परेका छन् ।
फैसला कार्यान्वयन सिलसिलामा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको टोलीले भागेश्वर गाउँपालिका–५ निवासी २७ वर्षीय पालीलाई डडेल्धुराको तुफानडाँडाबाट शुक्रबार पक्राउ गरेको हो ।
पालीमाथि जिल्ला अदालत कैलालीले २०८० फागुन २९ गते बैंकिङ कसुरसम्बन्धी मुद्दामा १० दिन कैद र २ लाख रुपैयाँ जरिवाना फैसला सुनाएको थियो । अदालतको फैसलापछि फरार रहेका उनलाई प्रहरीले निगरानीमा राख्दै आएको थियो ।
