सर्पले डस्दा कैलालीमा शिक्षिकाको मृत्यु 

जेष्ठ ३०, २०८२

रञ्जना बिसी

Teacher dies in Kailali due to snake bite

कैलाली — कैलालीमा सर्पको डसाइबाट एक शिक्षिकाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिकामा रहेको शारदा माविमा कार्यरत शिक्षिका पार्वती अवस्थीको मृत्यु भएको हो । 

सर्पले डसेपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । 

उपचारका क्रममा अवस्थीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनी धनगढी उपमहानगरपालिका–३ बोराडाँडी निवासी हुन् । 

रञ्जना बिसी

Link copied successfully