कैलाली — कैलालीमा लागूऔषधसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखडस्थित बाँझो घरमा लागूऔषध सेवन गरिरहेको सूचना प्राप्त भएपछि प्रहरी त्यहाँ पुगेको थियो।
उक्त स्थानबाट लक्ष्मीपुरका २० वर्षीय उमेशनाथ योगी, १९ वर्षीय विनोद मिजार, १९ वर्षीय दिनेशबहादुर विष्ट तथा साडेपानीका १८ वर्षीय दुई किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीहरूको शरीर खानतलासी गर्दा खैरो हिरोइनजस्तो देखिने २१ ग्राम ८२० मिलिग्राम धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
यस्तै, गोदावरी नगरपालिका–५ स्थित गेटा क्षेत्रबाट शंका लागेर जाँच गरिएको कमल रिजाललाई पनि प्रहरीले पक्राउ गरेको हो। धनगढीको मनहरा बस्ने २० वर्षीय रिजालको साथबाट खैरो हेरोइनजस्तो देखिने ५ ग्राम १८० मिलिग्राम लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
दुवै घटनामा पक्राउ परेकाहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
