कञ्चनपुर — केही दिनयता अत्यधिक गर्मी बढेपछि कञ्चनपुरको बेलौरी नगरपालिकाका विद्यालयमा दुई दिन बिदा दिइएको छ।
‘वर्षे बिदाबाट मिलान हुने गरी दुई दिन बिदा दिने निर्णय भएको छ,’ नगर प्रमुख पोतीलाल चौधरीले भने, ‘भोलि र पर्सी (मंगलबार र बुधबार) दुई दिन नगरका सबै विद्यालयमा बिदा हुनेछ ।’
केही दिनदेखि अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै बिदा दिने निणय भएको छ ।
