५० रोपनीमा ४ हजार बिरुवा रोपेर कफी बगैंचा स्थापना

जेष्ठ २२, २०८२

मोहन पनेरु

Establishment of coffee plantation by planting 4000 saplings in 50 plantations

डोटी — शिखर नगरपालिका–२ मुडेगाउँका एक कृषकले ५० रोपनीमा कफी बगैंचा स्थापना गरेका छन् । मुडेगाउँका कृषक खगेन्द्रबहादुर शाहीले ५० रोपनी जमिनमा ४ हजार कफीका बिरुवा रोपेर बगैंचा स्थापना गरेका हुन् ।

कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थीका अनुसार शाहीले खडक पशुपन्छी फलफूल तथा नर्सरी कृषि फर्मको खडक पशुपन्छी फलफूल तथा नर्सरी स्थापना गरेका हुन् । 

शिखर नगरप्रमुख दीर्घबहादुर बलायरले पनि कृषिमा केही राम्रो गर्न खोज्नेका लागि विभिन्न कार्यक्रम संचालन गरिरहेको बताउँदै नमुना काम गर्ने मनसाय भएका व्यक्तिले नगरपालिकामा सम्पर्क गर्न समेत आग्रह गरेका छन् । बगैंचा स्थापना कार्यक्रमले आफूलाई हौसला प्रदान भएको बताउँदै कृषक शाहीले कृषिमा काम गर्ने निकायसँग सहयोगको अपेक्षासमेत गरेको बताए ।

मोहन

Link copied successfully