डोटीमा जिप दुर्घटना : ९ जना घाइते

जेष्ठ २१, २०८२

मोहन पनेरु

Jeep accident in Doti: 9 injured

डाेटी — डोटीमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । बगलेकबाट दिपायल तर्फ आउँदै गरेको लु.प्र. ०१००१ च ०२४४ नम्बरको जिप दिपायल सिलगढी नगरपालिका–७ उडितोलास्थित भित्री सडक खण्डमा बुधवार दुर्घटनामा भएकाे प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सायल गाउँपालिका–४ भल्माका ५४ वर्षका हरि हादुर विष्टले चलाएको जिप बुधबार बिहान करिब साढे १० बजेतिर ब्रेक फेल भई दुर्घटनामा परेको हो । 

घाइतेहरू सबैको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

मोहन पनेरु

Link copied successfully