डोटीमा जिप दुर्घटना : एक जनाको मृत्यु, आठ घाइते

जेष्ठ १८, २०८२

मोहन पनेरु

Jeep accident in Doti: One dead, eight injured

डोटी — डोटीको के.आई.सिंह गाउँपालिका-५ केदार गाउँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आइतबार बिहान साढे ९ बजेतिर बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ आउँदै गरेको सु.प.प्र ०१००१ ज १४६४ नम्बरको जिप दुर्घटना भएको हो । 

प्रहरीका  अनुसार सडकको घुम्तीमा आफैं अनियन्त्रित भई जिप एक सय मिटर तल खस्दा जिपमा सवार बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका वर्ष ४२ का मीन बमको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका बमलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको डोटी प्रहरीले  जानकारी दिएको छ ।  जिप चालकसहित आठ जना यात्रु घाइते भएका हुन् । 

मोहन

Link copied successfully